गिद्धका बारेमा रोचक जानकारी
गिद्ध सबैभन्दा उचाइमा उड्ने पंक्षी हो । सन् १९७३ मा आईभरी कोष्टमा ३७ हजार फीटको उचाईमा उडेको रेकर्ड छ । रपल्स नामक गिद्धले त्यतीबेला उडिरहेको जहाजलाई ठक्कर दिएको थियो । केहीतल झरेपछि पाईलटले जहाजलाई नियन्त्रणमा लिएका थिए । यसको संसारभर चर्चा भएको थियो । सगरमाथाको उचाईभन्दा माथी उड्ने अरुचरालाई अक्सिजनको समस्या पर्ने गरेको छ । असाधारण वातावरणमा पनि गिद्ध बाच्न सक्छ । उसले धेरै क्षेत्रमा एक्कैसाथ आहाराको खोजीका लागि उचाईको उडान तय गर्ने गरेको चराविद्हरुले बताएका छन ।
अफ्रिका संरक्षणकर्मीहरुका अनुसार अफ्रिका महादेशमा हरेकवर्ष मरेका जंगली जनावरको मासु र कंकाल झण्डै चार करोड टन भन्दापनि धेरै हुन्छ । मांसहारी जीवले जम्मा ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन । तर त्यो भन्दा धेरै गिद्धले सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई सहजतरिकाले अगाडी बढाउन मद्दत गर्छ । त्यतिमात्र होईन महामारी फैलाउन सहयोग गर्ने जंगली कुकुर र स्याललाई रोक्ने काम पनि गर्छ ।
गिद्ध आफ्नो भोजनको खोजीमा धेरैनै दुरी पार गर्न सक्छ । हालै रपल्स नामक गिद्धले ताञ्जानियादेखि आहाराको खोजीमा केन्याहुँदैं सुडान र ईथोपियासम्म पुगेको दृश्यलाई संरक्षणकर्मीहरुले क्यामेरामा कैद गरेका छन । त्यसैले गिद्धलाई विभिन्न देशले जासुसीको आरोप पनि लगाउने गरेका छन । आजभोली गिद्धमा स्याटलाईट तथा क्यामेरा जडान पनि गर्न थालिएको छ । रेडियोकलर जडान गरिएको भारतीय गिद्ध पाकिस्तानमा मारिएपछि यसको पनि चर्चा भएको थियो ।
टर्कीमा पाइने गिद्धले आफ्नै खुट्टामा पिसाब गर्ने गरेका छन । वैज्ञानिकहरुको अनुमान अनुसार उसले विभिन्न रोगलाग्न नदिनका लागि खुट्टामा पिसाब गर्ने गरेको हो । पिसाबमा पाईने पदार्थले किटाणुलाई फैलीनरोक्ने र मार्ने काम गर्छ ।
दक्षिण अफ्रिकामा पाईने केप गिद्ध एक पटकमा एक हजार किलोमिटर दुरी तय गर्न सक्छ । त्यसरी लामो दुरी तय गर्दा विजुलीको प्रशारण लाईनलाई आधार मानेर गिद्ध उड्ने गरेको संरक्षणकर्मीहरुले बताएका छन् ।
बिर्डड गिद्ध संसारको यस्तो पंक्षी हो । जसले आफ्नो आहाराको ९० प्रतिशतसम्म मात्र हाडखोर मात्र खाने गरेको छ । यो गिद्धमा पाईने अम्लीयपनले हड्डिलाई पचाउन सजिलो हुन्छ ।
Comments
Post a Comment