साँहिलाको खुलेन
शैक्षिक योग्यता
बाह्र छोरा तेह्र नाति,
बूढाको धोक्रो काँधैमाथि !
२७ माघ, काठमाडौं । उहिलेका मान्छेहरु उखान
गर्थे, ‘बाह्र छोरा तेह्र नाति,
बूढाको धोक्रो काँधैमाथि ।’ अहिलेका मान्छेलाई
लाग्न सक्छ, एकै परिवारमा १२ सन्तान
कसरी सम्भव होला ? तर,
पुरानो पुस्ताका नयाँ प्रधानमन्त्री सुशील
कोइरालाका बुबा-आमाले ६ भाइ छोरा र ६
बहिनी छोरी जन्माएका थिए । तीमध्ये
साहिँला छोरा सोमबारदेखि नेपालका प्रधानमन्त्री बनेका छन्
।
प्रधानमन्त्री कोइरालाका ६ दाजुभाइमध्ये
जेठा प्रमोद कोइराला, माइला विनोद कोइराला,
साहिँला सुशील कोइराला, काहिँला डा.अरुण
कोइराला, अन्तरे अशोक कोइराला र विजय
कोइराला हुन् । त्यसैगरी प्रम कोइरालाका ६ दिदी-
बहिनीहरुमा दिती शर्मा, आभादेवी शर्मा, विभा,
सुधा कोइराला, शशी शर्मा र सरिता रहेका छन् ।
शैक्षिक योग्यता पनि खुलेन
प्रधानमन्त्री सुशील कोइरालाको औपचारिक
शैक्षिक योग्यता कति हो भन्ने पनि अहिलेसम्म
सार्वजनिक जानकारीमा आएको छैन ।
कोइराला प्रधानमन्त्री बनेपछि निजी सचिवालयबाट
प्रेसित विवरणमा पनि उनको योग्यताबारे स्पष्ट
खुलाइएको छैन । कोइरालाका स्वकीय
सचिवद्वारा दिएको विवरणमा उनको शैक्षिक
योग्यताबारे ‘ठाकुरराम हाइस्कूल
वीरगञ्जमा अध्ययनरत रहँदा नै
राजनीतिमा सक्रिय’ भन्नेमात्र उल्लेख छ ।
चुनौतीको धोक्रो
उमेरले ७४
वर्षीयमा हिँडिरहेका त्यागी नेता कोइरालाको काँधमा जिम्मेवारीको धोक्रो पनि सानो छैन
। एमालेलाई गृहमन्त्री दिनुहुँदैन भन्दै आफ्नै
दलका नेताले गुनासो गर्न थालिसकेका छन् भने
अर्कोतर्फ सहमतिअनुसार अघि बढ्न एमाले
नेता केपी ओलीले प्रम हुनुअगावै
चुनौती दिएका छन् ।
पार्टीभित्रैका मन्त्रीका आकांक्षीलाई चित्त
बुझाउन नसकिरहेको कोइरालाले एमाले र
क्रमशः अन्य दललाई मिलाएर सरकारलाई
पूर्णता दिनुपर्ने चुनौती पार लगाएपछि बल्ल
संविधान निर्माणका नेताहरु प्रवेश गर्ने
अनुमान लगाउन सकिन्छ ।
यस्तो छ कोइरालाको व्यक्तिव्य
जन्मः वि.सं १९९६ साउन २८ गते
जन्मस्थान : विराटनगर मोरङ्
स्थायी ठेगाना : नेपालगञ्ज-१३, बाँके
वैवाहिक स्थितिः अबिवाहित
पिता : बोधप्रसाद कोइराला
माताः कुमुदिनीदेवी कोइराला
दाजुभाइ : ६ जना -प्रमोद कोइराला, विनोद
कोइराला,सुशील कोइराला,डा.अरुण कोइराला,अशोक
कोइराला,विजय कोइराला)
दिदीबहिनी : ६ जना -दिती शर्मा,आभादेवी शर्मा,
विभा,सुधा कोइराला,शशी शर्मा,सरिता )
राजनीतिमा संलग्नता :
· २००७ सालको क्रान्तिदेखि नै
राजनीतिमा संलग्न ।ठाकुरराम हाइस्कूल
वीरगञ्जमा अध्ययनरत रहदा नै राजनीतिमा सक्रिय
।
· नेपाली कांग्रेसले अंगीकार
गरेको राष्ट्रियता, प्रजातान्त्र र
समाजवादको आदर्श एवं
नेपाली कांग्रेसका संस्थापक
वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट
अभिप्रेरित भएर राजनीतिमा संलग्न।
· २०११ सालमा पिताजी बोधप्रसाद
कोइराला नवलपरासीको डि एफ ओ रहदा भाइ
अरुणसंगै पाल्पामा नेपाल छात्र
संघको शाखा खोल्न प्रस्थान ।
· २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न
नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
· २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग
गर्दै देशव्यापी रुपमा भएको भद्र
अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
· २०१५ सालमा संसदीय निर्वाचनको प्रचार
प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक
सहभागी ।
· २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट
निर्वाचित सरकार अपदस्थ गरी संसद भंग
गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक
अवस्थाको जानकारी दिन भाइ डा.अरुण
कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम
बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग
भेटघाट ।भारतमा पत्रकार सम्मेलन । भारतीय
नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया,
अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग
सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे
अवगत गराउनु भएको ।
· बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल
भ्रमण तय भएपछि नेपाल अशान्त भएको र
जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट
रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत
रुपमा विरोध कार्यक्रम सञ्चालन ।
· राजा महेन्द्रको कोशी अञ्चल
सवारी हुँदा त्यसको विरोधमा भूमिगत
रुपमा क्रियाशील ।
· २०१७ सालदेखि २०३७ सालसम्म
भारतमा निर्वार्र्सि ।
· २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई
नयाँ आयाम दिन गरिएको विमान अपहरण
काण्डमा संलग्न र भारतमा पक्राउ । ३
बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा ।
· २०३७ सालमा जनमत संग्रह
हुनुभन्दा केही हप्ता अगाडि-बैशाख १गते)
गिरिजाप्रसाद कोइरालासंगै आम माफी ।
· २०३७ सालको जनमत संग्रहमा बहुदलीय
व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय
।
· २०४२ सालको सत्याग्रहमा सक्रिय
रुपमा सहभागी ।
· २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय
। जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत
सिर्जना गर्न बर्दियामा सक्रिय
रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै
गिरफ्तार ।
· २०५९ असोज १८ गते तात्कालिन
राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई
अपदस्थ
गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण
आन्दोलनमा सक्रिय ।
· २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन
बाँकेमा ३ महिना नजरबन्द ।
त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित
७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
· निरड.कुश राजतन्त्रको विरुद्ध २०६२/६३
मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित
आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
· प्रजातन्त्र
पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत
गरी ६ बर्षभन्दा बढी जेल ।
पार्टीमा जिम्मेवारी
· पार्टी सदस्यः २०१२ साल
· सम्पादक : तरुण पत्रिका,
नेपाली कांग्रसको आधिकारिक मुखपत्र,
प्रवासकाल वनारस भारतमा ।
· पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३
देखि
· विदेश विभाग प्रमुखः २०४५।४६ (सन १९९० )मा
· पार्टी महामन्त्री : नवौं महाधिवेशन
२०५३,पोखरापछि
· पार्टी उपसभापतिः २०५५ असोज २० गते
· कार्यबाहक सभापतिः एघारौं महाधिवेशन १३-१८
भाद्र, २०६२ (संस्थापन) र पार्टी एकीकरण
पछिको कार्यसमिति २०६४
· सभापति : बाह्रौ महाधिवेशन २०६७, १-५ असोज,
काठमाण्डौं ।
विधायिकी यात्रा
· संसदीय दलको नेता निर्वाचित २०७० माघ १२
(प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर
देउवासंग)
· दोस्रो संविधान सभा २०७० को सदस्य निर्वाचित :
बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
· प्राप्त मतः बाँके १०,७५३ चितवन २०,७६०
· निकटतम प्रतिद्धन्द्धिः बाँके धवलसमशेर
राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर
श्रेष्ठ १०,७३९,
· पहिलो संविधान सभाः २०६४ मा पराजित-
मधेशी जनाधिकार फोरमका सर्वदेव
ओझा निर्वाचित)
· प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ :
विजयी (निकटतम
प्रतिद्धन्द्धि नेकपा मालेका रिजवान अहमद साह)
· संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा :
प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले
राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय
दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर
देउवा विजयी)
· प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१
को निर्वाचनः बाँकेबाट प्रतिस्पर्धा -
शान्ति समशेर जबरा राप्रपा विजयी )
· प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८
को निर्वाचन : बाँकेबाट विजयी- निकटतम
प्रतिद्धन्द्धि गोविन्द कोइराला एमाले)
· संसदको परराष्ट सम्बन्ध र मानवअधिकार
समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता :
· संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन
केन्द्र
· संस्थापक अध्यक्ष,वी. पी.
कोइराला स्मृति ट्रष्ट
· संरक्षक वी पी कोइराला स्मृति संग्राहलय
सुन्दरीजल काठमाण्डौ
विदेश भ्रमण : भारत, चीन, श्रीलंका संयुक्त
अधिराज्य बेलायत, संयुक्त राज्य
अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स,
हंगकंग,अष्ट्रेलिया र प|mान्स लगायतका विभिन्न
युरोपेली मुलुक
पार्टीको भ्रमण टोलीको नेतृत्वः
सभा सम्मेलन र सेमिनारमा सहभागिता :
· सन १९८४ मा बेलायतको सेफिल्डमा आयोजित
बेलायतको लेबर
पार्टीका सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्यको रुपमा सहभागी
· सन १९९६ मा संयुक्त राज्य
अमेरिकाको न्यूयोर्कमा आयोजित सोसलिष्ट
इन्टरनेशनलको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्य
· सन १९९६ मा जापानमा आयोजित सोसलिष्ट
इन्टरनेशनलको को एशिया प्रशान्त क्षेत्रीय
बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व
· सन १९९९
मा फ्रान्सको राजधानी पेरिसमा आयोजित
सोसलिष्ट इन्टरनेशनलको चौधौं महाधिवेशन
(कन्भेन्सन)
मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व। यसै
महाधिवेशनबाट नेपाली कांग्रेसलाई सोसलिष्ट
इन्टरनेशनलको पूर्ण सदस्यता प्राप्त ।
· सन २०००मा फिलिपिन्सको मनिलामा आयोजित
(आइक्याप) को प्रथम
सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
· सन २००२
मा थाइलैण्डको राजधानी बैककमा आयोजित
(आइक्याप)
को दोश्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व
।
· सन २००४ मा चीनको राजधानी बेइजिड.मा आयो जित
(आइक्याप)
को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व
।
· २०६४
मा श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित
सार्क सम्मेलनमा सम्मानीय
प्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालाको नेतृत्वमा रहेको उच्चस्तरीय
राष्ट्रि्य प्रतिनिधि मण्डलको सदस्य ।
सपना : शान्त र समृद्ध नेपाल
सपना पूरा गर्ने माध्यमः जलस्रोत,
शैक्षिक ,जनशक्ति, औद्योगिक र
पर्यटनको विकासका साथै कृषि र
जडिबुटीको व्यवसायिकीकरण
Comments
Post a Comment