२७ माघ, काठमाडौं । बुबा बोधप्रसाद कोइराला र
आमा कुमुदिनी कोइरालाको कोखबाट वि.सं. १९९६
साउनमा जन्मिएका सुशील कोइराला हलिउडको हिरो हुने
लक्ष्यलाई परिवर्तन गरेर राजनीतिमा आएका हुन् । आज
उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ‘भाग्यमानी’
ठहरिएका छन् ।
वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै
आएका कोइरालाले विसं. २००७ सालमा ११ वर्षको छँदै
राजनीतिमा चासो राख्न थालेका कोइराला विगत ५०
वर्षदेखि निरन्तर नेपालको लोकतान्त्रिक
आन्दोलनमा सक्रिय छन् ।
विसं.०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय
समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल
भदौमा भएको १२ औँ महाधिवेशनबाट
कोइराला सभापतिमा निर्वाचित भएका हुन् ।
इमान्दारितालाई
राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने
कोइराला अहिले समकालीन नेताहरुमध्ये
सबैभन्दा सादा जीवन व्यतीत गर्ने पार्टी सभापति हुन् ।
०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद
भंग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि १६ वर्षसम्म प्रवास
भारतमा बसेका कोइरालाले कोलकाता र
पटनामा पत्रकार सम्मेलन गरी भारतीय एवं अन्तराष्ट्रिय
सञ्चार माध्यमलाई नेपालको राजनीतिक अवस्थाबारे
जानकारी गराउने महत्वपूर्ण काम गरेका थिए ।
नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन
गरेको शसस्त्र
क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद
कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण
भूमिका रहेको थियो । गिरिजाप्रसाद
कोइरालाको निधनपछि कोइराला पार्टीको १२ औं
महाधिवेशनबाट नेता शेरबहादुर देउवालाई पराजीत गर्दै
पार्टी सभापतिमा निर्वाचित हुनुभएको हो ।
भारतमा क्रुर यातना
वि.सं. ०३० सालमा गिरिजाप्रसाद
कोइरालाको योजना अनुरुप तत्कालीन शाही नेपाल
वायुसेवा निगमको विमान अपहरण गरी भारत
बिहारको फारवेसगञ्जमा उतारियो । त्यही विमान
अपरहणबाट प्राप्त गरेको ३० लाख भारतीय
रुपैयाँ शसस्त्र क्रान्तिमा उपयोग भएको थियो । विमान
अपहरणपछि भारतीय प्रहरीलाई छल्न सुशील कोइरालाले
मुम्वई, कालिङपोङ लगायत भारतका विभिन्न
शहरमा भूमिगत जीवन बिताएका थिए ।
पछि सोही अभियोगमा दिल्लीबाट पक्राउ
परेका कोइरालालाई अत्यन्त क्रुर यातनासहित
भारतको तिहाड, अररिया, पूणिर्या, भागलपुर
आदि ठाउँमा तीन वर्षसम्म राखिएको थियो । राजनीतिक
जीवनमा सुशीलले सबै भन्दा कठीन दुःख
त्यहीबेला पाएका थिए ।
विसं. ००७ सालपछि नेपालमा लोकतन्त्र
स्थापनाका लागि भएका सबै
आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह
गरेका कोइरालाले ६ वर्ष जेलसमेत गरी १६ वर्ष
भारतमा बिताएका छन् ।
वीपी कोइरालाको निधनपछि जर्मनी अष्ट्रेलिया र
वेलायतलगायतका युरोपियन
मुलुकमा पार्टीको पक्षमा लविङका लागि गएका कोइराला सोसलिष्ट
इन्टरनेशनलका अधिकांश सम्मेलनमा सहभागी भएका छन्
।
विसं. ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६
सालमा बाँके क्षेत्र नं २ बाट
सांसदमा विजयी भएका कोइराला सधैं सत्ता र
शक्तिभन्दा बाहिर रहँदै आएका थिए । ०४६
सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गठित
पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह
अस्वीकार गरेका कोइरालाले उपप्रधानमन्त्री बन्न
गरिएको आग्रह पटक-पटक अस्वीकार गर्दै आएका थिए ।
०७० साल
मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र
चितवन ४ वाट निर्वाचित
भएका कोइराला पार्टीको संसदीय
दलको नेतामा शेरबहादुर देउवालाई १६ मतले पराजित गर्दै
निर्वाचित भएपछि प्रधामन्त्रीको कुर्सीमा पुग्न सफल
भएका हुन् ।
Lionel Messi and Daniel Alves punished 10-man Manchester City in the first leg of the Champions League last-16 tie at the Etihad Stadium. Four-time World Player of the Year Messi struck from the penalty spot with 54 minutes gone after being brought down by Martin Demichelis , who was sent off. • Tomas : Barca midfield in control at City City had their chances but Barcelona dominated possession throughout and were rewarded when Alves struck the second in the last minute. City had set up well in an attempt to soak up Barcelona pressure and catch them on the break but the task proved beyond them after Messi punished a mistake early in the second half. The Argentinian raced away and, although replays suggested contact by Demichelis may have been just outside the box, a straight red card was brandished and the penalty awarded . The hosts kept on pressing but they failed to make the most of their opportunities and they were picked off again as t...
Comments
Post a Comment