नेमार (ब्राजिल)
२२ वर्षीय नेमार छैटौं पटक विश्वकप जित्ने
ब्राजिलको योजनाका मुख्य हतियार हुन्। यी स्ट्राइकर
तथा विंगरले राष्ट्रिय टिममा सानदार प्रदर्शन गर्दै
आएका छन्। गत वर्ष ब्राजिलमै
आयोजना भएको अन्तरमहादेशीय प्रतियोगिता घरेलु
टोलीले जित्दा नेमार प्रतियोगिताको सर्वोत्कृष्ट
खेलाडी हुँदै गोल्डेन बल जित्न सफल भए। १९ वर्षकै
उमेरमा उनले सन् २०११ मा दक्षिण अमेरिकी वर्ष
खेलाडी अवार्ड जिते। यो अवार्ड उनले लगातार तीन
वर्ष जितेका थिए। स्पिड, ड्रिबलिंग र
फिनिसिङमा उनी अब्बल देखिन्छन्। दुवै खुट्टाले बल प्रहार
गर्न सक्ने क्षमता उनको छ। सन् २०१०
को अगस्टमा सिनियर राष्टिय टिममा डेब्यु गरेयता उनले
अन्तर्राष्ट्रिय फुटबलमा ४८ खेलमा ३१ गोल गरेका छन्।
यस वर्ष उनले राष्ट्रिय टिमका लागि दुई खेलमा चार गोल
गरे। सन् २०१३ मा उनले १९ खेलमा १० गोल गरेका थिए।
यस वर्ष दक्षिण अफ्रिकाविरुद्ध उनले ह्याटिक
गरेका थिए। पाँच फिट नौ इन्च उचाइका नेमारले
बार्सिलोनाका लागि यस सिजन २६ खेलमा नौ गोल
गरेपछि केही आलोचना पनि सहनु परेको थियो। सन् २०१०
को विश्वकपमा पेले र रोनाल्डिन्होले नेमारलाई
टोलीमा समावेश गर्न सुझाव दिएपनि प्रशिक्षक डुंगाले
अन्तर्राष्ट्रिय अनुभव कम भएको कारण देखाउँदै
विश्वकप टोलीमा उनलाई ठाउँ दिएका थिएनन्।
लियोनल मेसी (अर्जेन्टिना)
२६ वर्षीय मेसीमाथि राष्ट्रिय टिमलाई सफलता दिलाउन
नसकेको आरोप छ। सन् २००५ देखि राष्ट्रिय
टोलीमा रहेका चार पटकका फिफा वर्ष खेलाडी मेसीले
अन्तर्राष्ट्रिय फुटबलमा ८३ खेलमा ३७ गोल गरेका छन्।
पाँच फिट सात इन्चका मेसीले यस सिजन ४६ खेलमा ४१
गोल गरे। उनले राष्ट्रिय टिमका लागि सन् २०१३ मा सात
खेलमा ६ गोल गरेका थिए। उनले सन् २०१२ मा १२ गोल
गरे। दुई खुट्टाले बल प्रहार गर्न सक्ने, आफैंले प्रहार
गरेको बल भेटाउन सक्ने स्किलफुल
खेलाडीका रूपमा मेसीले परिचय बनाएका छन।
लयमा रहेका सर्जियो एगुएरो र एन्जेल
डी मारियाको साथ मेसीलाई सहयोगी हुने पक्का छ।
महादेशीय छनोटमा १० गोल गरेर सर्वाधिक
गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा थिए।
अघिल्ला दुई विश्वकपमा मेसी जम्न सकेनन्। चोटसँग
लडिरहेकाले मेसी यसपटक खुलेर भने खेल्न सक्ने छैनन्।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
२९ वर्षीय रोनाल्डो सन् २००३ देखि राष्ट्रिय
टिममा छन्। उनले राष्ट्रिय टोलीका लागि एक सय १०
खेलमा ४९ गोल गरेका छन्। ६ फिट एक इन्च रोनाल्डोले
यस सिजन क्लबका लागि ४७ खेलमा ५१ गोल गरे।
राष्ट्रिय टिमका लागि यस वर्ष उनले एक खेलमा दुई गोल
गरेका छन्। सन् २०१३ मा उनले राष्ट्रिय
टिमका लागि नौ खेलमा १० गोल गरे। पेपे, हेल्डर
पोस्टिगा, ह्युगो अल्मैडा नानीलगायत
अनुभवी खेलाडीको साथ रोनाल्डोलाई रहनेछ।
छनोटमा रोनाल्डोले आठ गोल गरेका थिए। प्ले
अफमा स्विडेनलाई हराउँदा दोस्रो लेगमा रोनाल्डोले
ह्याट्रिकसमेत गरेका थिए। टिमलाई एक्लैले
अगाडि बढाइरहेको श्रेय रोनाल्डोलाई छ।
उनको सानदार प्रदर्शनमा यस सिजन रियल म्याडिडले
युरोपियन च्याम्पियन्स लिग उपाधिसमेत जितेको थियो।
रोनाल्डोले सन् २०१३ का लागि फिफा वर्ष
खेलाडी अवार्ड जिते। यसअघि रोनाल्डोकै सानदार
प्रदर्शनमा पोर्चुगल दुई वर्षअघि युरोपमा तेस्रो र आठ
वर्षअघि विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।
उनको फिनिसिंग, पेस, डिबलिंग, क्रसिंग र फ्रिकिक
क्षमता राम्रो छ।
थोमस मुलर (जर्मनी)
२४ वर्र्षीय मुलर फर्वाड तथा एट्याकिङ
मिडफिल्डरका रूपमा खेल्छन्। ६ फिट एक इन्च
उचाइका यी खेलाडीले सन् २०१० मा राष्ट्रिय
टिममा डेब्यु गरेयता राम्रो प्रदर्शन गरिरहेका छन्। उनले
राष्ट्रिय टिमका लागि हालसम्म ४८ खेलमा १७ गोल
गरेका छन्। विश्वकप फुटबल २०१० मा उनी दुई
खेलमा प्लेयर अफ दी म्याच भए। उनले
प्रतियोगितामा गोल्डेन बुट पनि प्राप्त गरे। सोही वर्ष
उनलाई फिफाको यंग बेस्ट प्लेयर अवार्ड पनि प्रदान
गरिएको थियो। प्रतियोगितामा उनले सर्वाधिक पास दिएर
आफ्नो प्ले मेकरको छवि पनि देखाएका थिए। यस सिजन
उनले क्लब वायर्न म्युनिखका लागि ५१ खेलमा २६ गोल
गरे। मार्को रेउस, लुकास पोडोल्स्की, बास्टियन
स्वैंस्टैंगर, मिरोस्लाभ क्लोजजस्ता अनुभवी र
प्रतिभाशाली खेलाडीको उपस्थितिले मुलरले आफूलाई
पुन: उत्कृष्ट बनाउन सक्नेछन्। छनोट
चरणमा यी युवा स्टारले आठ गोल गरेका थिए।
ड्यानिएल स्टुरिज (इङल्यान्ड)
२४ वर्षीय स्टाइकर डानिएल स्टुरिजले सन २०११
मा राष्ट्रिय टिममा डेब्यु गरेयता ११ खेलमा चार गोल
गरेका छन। ६ फिट उचाइका यी खेलाडीले २९ खेलमा २१
गोल गरेपछि लिभरपुल इङ्लिस प्रिमियर
लिगको उपविजेता बन्यो। इंगल्यान्डलाई सफलता दिलाउन
सक्ने खेलाडीका रूपमा स्टुरिजलाई हेरिएको छ।
डिएगो कोस्टा (स्पेन)
२५ वर्षीय डिएगो कोस्टाको सनसनीपूर्ण
प्रदर्शनमा एटलेटिको म्याड्रिडले यस सिजन स्पेनिस लिग
उपाधि जित्यो भने युरोपियन च्याम्पियन्स लिगमा फाइनल
पुग्यो। एटलेटिको स्पेनिस ला लिगा विजेता हुँदा कोस्टाले
३५ खेलमा २७ गोल गरे। समग्रमा उनले यस सिजन ५२
खेलमा ३६ गोल गरेका थिए। ब्राजिलका पूर्व
खेलाडी कोस्टाले स्पेनका लागि एक खेलमात्र
खेलेका छन्। ६ फिट दुई इन्च
उचाइका कोस्टा पछिल्लो समय चोटमा रहनु स्पेनिस
टोलीका लागि टाउको दुखाइ बनेको छ।
कोस्टा मैदानमा फर्किए उनी टोलीको ठूलो हिस्सा बन्न
सक्नेछन्।
मारियो बालोटेली (इटाली)
२३ वर्षीय बालोटेलीले सन २०१० मा राष्ट्रिय
टिममा डेब्यु गरेयता ३० खेलमा १२ गोल गरेका छन्।
उनको सानदार प्रदर्शनमा इटालीले सन २०१२
मा भएको युरोकपमा फाइनलसम्मको यात्रा तय
गरेको थियो। अनुभवी गोलरक्षक जियांलुगी बुफोंँं र
मिडफिल्डर आन्द्र पिर्लोको प्रेरणामा बालोटेलीले
टोलीलाई सफलता दिलाउन सक्नेछन्। ६ फिट साढे दुई
इन्च बालोटेलीले महादेशीय छनोटमा पाँच गोल
गरेका थिए।
लुइस स्वारेज (उरुग्वे)
विश्व फुटबलमा अस्थिर प्रदर्शनका बीच उरुग्वेलाई यस
पटक उपाधि जित्न नसक्ने
टोलीका रूपमा लिन ...............सकिन्न।
युरोपका ठूला क्लबमा व्यावसायिक फुटबल
खेलिरहेका एडिन्सन काभानी, क्रिस्टियन स्टुआनी,
डिएगो फोर्लान,डिएगो पेरेज, क्रिस्टियन रोडिगुएज,
मार्टिन कासेरेस,
फर्नान्डो मुस्लेराजस्ता खेलाडी उरुग्वेको टोलीमा छन्।
तर सबैभन्दा ठूलो नाम भने लुइज स्वारेज हुन्। २७ वर्षीय
स्वारेजले ३३ खेलमा ३१ गोल गरेपछि लिभरपुल यस सिजन
इङ्लिस प्रिमियर लिगको उपविजेता बन्यो। उनी महादेशीय
छनोटमा सर्वाधिक गोलकर्ता रहेका थिए। सन् २००७
मा राष्ट्रिय टोलीमा डेब्यु गरेयता स्वारेजले ७७
खेलमा ३८ गोल गरेका छन्। तर उच्च लयका बीच स्वारेज
अहिले घाइते छन्। मैदान फर्किए स्वारेज उरुग्वेलाई
अप्रत्याशित सफलता दिलाउन सक्नेछन्। सन् २००६
को संस्करणमा छनोट नभएको उरुग्वे सन् २०१०
को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।
अर्यन रोबेन (नेदरल्यान्ड्स)
३० वर्षीय स्टाइकर रोबेनले सन् २००३ मा राष्ट्रिय
टिममा डेब्यु गरेयता ७५ खेलमा २३ गोल गरेका छन्।
छरिता र मेहनती खेलाडीका रूपमा परिचित रोबेन
पछिल्लो विश्वकपमा नेदरल्यान्ड्स फाइनल
पुग्दा टोलीका महत्त्वपूर्ण हिस्सा थिए। रविन भान
पर्सी र वेस्ली स्नाइडरको साथ राम्रो पाए रोबेन
टोलीलाई सफलता दिलाउन सक्ने खेलाडी हुन्।
Posted via Blogaway
Comments
Post a Comment