Skip to main content

Annapurna -sex in ktm

क्षिणपश्‍चिम गेटदेखि भोटाहिटीतिर जाने सब वेसम्मको फुटपाथमा मेला लागेजस्तै मानिसको भीड छ। यो पंक्तिकार त्यो मानिसहरूको भीडमा देखिने दृश्यका विभिन्न बान्कीहरू नियालिरहेछ। भीडमा विभिन्‍न झुन्ड छन्।

तीमध्ये एक झुन्डमा तीनजना पुरुष र एक महिला छिन्। सेता बुट्टेदार कुर्ता सलवारमा सजिएकी ती गोरो वर्णकी महिला हदै भए २० वर्षकी होलिन्। महिला भन्दै थिइन्, 'पन्ध्र सयबिना मरे जान्‍नँ।'

पुरुष भन्दै थिए, 'पाँचमा कुरा मिलाऊ न।'

आफूले भनेजस्तो मूल्य नपाएपछि महिला ओठ लेब्य्राउँदै झुन्डबाट अलग्गिइन्।

पंक्तिकारको आँखा पुग्यो, अर्को दृश्यमा। दृश्य अलि अनौठो थियो। सुनौलो रङको कुर्ता सलवार लगाएर रेलिङमा ढेसिएर बसेकी एक वृद्धा ग्राहकसँग कुरा मिलाउँदै थिइन्। वृद्धा आमासमान थिइन् भने ग्राहक युवा छोरासमान। '६० कटेकी पनि ग्राहक खोज्न आइछन्', पंक्तिकारले मनमनै सोच्यो। वास्तविकता बुझ्न ती दुई छेउ पुग्दा थाहा भयो, ती वृद्धा ग्राहक खोज्नै आएकी रहिछन् तर आफ्नो लागि होइन। ती युवा ग्राहकलाई फकाउने भावमा वृद्धा भन्दै थिइन्, 'भाइले खोजेजस्तै छन्, राम्रीराम्री छन्।' थाहा भयो, कमिसनका लागि सडकमा लाग्ने यौनबजारमा वृद्धाहरू पनि आउँदा रहेछन्।

पहिले साँझ ढिलो भए ५/६ बजेसम्म मात्रै सडकमा देखिन्थे, महिला यौनकर्मीहरू। साँझ ढल्केपछि ग्राहक खोज्ने तेस्रो लिंगीहरूको कब्जामा पर्थ्यो  सडक। तर, बुधबार साँझमा गरिएको अवलोकनमा महिला र तेस्रो लिंगीहरू सराबरी थिए, ग्राहकको खोजीमा। यसबाट स्पष्ट हुन्छ, काठमाडौंको सडकमा लाग्ने यौनबजार केही उदार र विस्तारित हुँदै गइरहेको छ।

पंक्तिकार बुधबार बिहान ११:१५ बजे पनि सोही ठाउँमा पुगेको थियो। त्यहाँ भर्खरै यौनकर्मीहरू आउन सुरु गरेको देखियो। तीमध्ये पंक्तिकारले १३ वर्षअघि देखेको यौनकर्मी महिला फेला परिन्। सेतो टीसर्ट लगाएकी आफ्नी साथीसँग थिइन् उनी। गालाको दाहिने भाग जलेर गहिरो खत बसेको ती यौनकर्मी महिलालाई पंक्तिकारले एक चिया पसलमा बोलाएर तीन सय रुपैयाँ दिई यौनकर्मीका बारेमा केही सूचना चुहाएको थियो, १३ वर्षअघि।

पहिलोपल्ट यौनकर्मी देख्दा

पंक्तिकारले काठमाडौंका सडकमा प्रशस्तै यौनकर्मी छन् भन्ने सुनेको मात्रै थियो। सुनेपछि उनीहरूलाई हेर्ने इच्छा तीव्र हुँदै गइरहेको थियो। एक दिन सँगै डेरा बस्ने साथी हस्याङफस्याङ गर्दै कोठामा आइपुग्यो। उसले सुनाएको विवरण यस्तो थियो, 'म आउँदै थिएँ। पानी पर्‍यो। पानी परेपछि ओत लाग्न एउटा होटलभित्र छिरेँ। भित्र छिरेको, त्यहाँ त यौनकर्मीको बजारजस्तै पो रहेछ। मलाई साह्रै कर गरे। न म आफू उनीहरूसँग जान चाहने, न पैसा छ। तर, काठमाडौंमा दिउँसै यस्तो हुन्छ भन्नेचाहिँ थाहा भयो।'

वीर अस्पताल र ट्रमा सेन्टरको बीच हुँदै जाने एउटा बाटो छ। पहिले लोकल कुखुरा बेच्ने त्यो बाटोको वीर अस्पतालतिरको किनारमा साना गाडी र मोटरसाइकल पार्किङ हुन्छ अहिले। त्यो बाटो हुँदै जादा न्युरोड नपुग्दै २५ पाइला वर एउटा लज थियो। त्यो लजमा प्रशस्तै महिला हुन्थे। उक्त लजमा दिनदहाडै यौनकर्म हुँदो रहेछ। लजमा यौनकर्म रोकियो। पछि प्राय: गुलाबी रङको टीसर्ट र जिन्स पाइन्ट लगाउने महिला सडकमा मोलमोलाइ गरिरहेको देखा परिन्। पंक्तिकारले पहिलोपल्ट यौनकर्मीको रूपमा देखेको महिला तिनै हुन्। १३ वर्षअघि देखिएकी ती महिला अहिले पनि दैनिक रूपमा सडकमा ग्राहकको खोजीमा भौंतारिइरहेकी भेटिन्छिन्।

तर, प्रत्यक्ष रूपमा पहिलो पटक यौनकर्मी महिलासँग भएको साक्षात्कार अलि रोमाञ्चक छ। नक्कली एडिडास जुत्ताले खुट्टा साह्रै दुखिरहेको थियो। वीर अस्पतालको आकासे पुलमा जुत्ता फुकालेर दुखेको दाहिने खुट्टाको कुर्कुच्चा सुम्सुम्याउँदै गर्दा पुलतिर उक्लँदै गरेकी एक महिलाले भनिन्, 'हेल्लो !'

पुलुक्क हेर्दा ती महिलाले भनिन्, 'जाने हो?'

बुझिहालियो, ती महिला यौनकर्मी हुन्। सुरुमा त खुट्टाको दु:खाइका कारण अलि झर्किएर जवाफ दिइएछ, 'जान्नँ, नजाने।'

एकछिनपछि समालिएर सोधियो, 'कति हो?'

'पाँच सय', उनले भनिन्।

त्यतिखेरै मुटुको धड्कन बेजोडले बढ्यो। वरिपरि परिचितहरूले देखे कि ! डर लाग्यो। त्यसपछि सुइँकुच्चा ठोकियो।

आँखा अलि टेढो भएकी ती महिला आफ्नी कलिली छोरी लिएर सडकमा आएको देखिन्थ्यो। सम्भवत: उनी आफ्नी छोरीलाई पनि आफूजस्तै बनाउन चाहन्थिन्। अलि बढी रक्सी सेवन गर्ने ती महिला अचेल सडकमा भेटिन्नन्। उनीजस्तै केही यौनकर्मी देखिन छाडेका छन्। दुईजनाको त अनुहारको घाउ बढ्दै गएको देखिन्थ्यो। उनीहरू कि दिवंगत भए कि त पेसा छाडे।

गर्भवती पनि यौन पेसामा

वीर अस्पतालअगाडिको सडक र आकासे पुलमा यौनकर्मीहरूको पहिचान भएपछि त्यसबारे इन्डेफ्थ रिपोर्टिङ गर्ने मन भयो। आफूसम्बद्ध एक मासिकका सम्पादकलाई यो कुरा राखेपछि उनी खुसीले उफ्रिए। सञ्चारमाध्यममा यौन विषय निकै बिकाउ सामग्री बनिसकेको रहेछ।

सडकमा लाग्ने यौनबजारबारेको रिपोर्टिङको असाइन्मेन्ट पूरा गर्न एक महिनासम्म लगातार सडकमा बसेर सूचना संकलन गर्न लागियो। वीर अस्पतालअगाडि पहाडी मूलका यौनकर्मीहरूले अखडा जमाएका रहेछन् भने सुन्धारा क्षेत्रमा तराई मूलकाले। सुन्धारा क्षेत्रमा ग्राहक खोजी गर्नेहरूमध्ये एकजना ५० कटेकी प्रौढ महिला पनि देखा परिन्। त्यस क्षेत्रमा ग्राहकहरू पनि तराई मूलकै बढी देखियो।

त्यहाँका ग्राहकको खोजी गर्नेमध्ये एकजना गर्भवती थिइन्। सम्भवत: उनी आफ्ना पतिकै अर्थात् पारिवारिक सहमतिबाटै यौनबजारमा आएकी हुन्। त्यो दृश्यले अलि मार्मिक बनायो, पंक्तिकारलाई। पेटमा बच्चा बोकेर पनि यौन पेसामा आउने बाध्यता हुँदो रहेछ।

छोरा डोर्‍याउँदै ग्राहकको खोजी

एक महिला सुन्धारा, वायुसेवा निगमको बाटो हुँदै वीर अस्पतालदेखि भोटाहिटीसम्म ग्राहकको खोजी गर्दै हिँडेको देखिन्थिन्। पहाडी मूलकी, कपाल थाई कट् काटेकी करिब साढे पाँच फिट अग्ली महिला प्राय: कुर्ता सुरुवालमा भेटिन्थिन्। उनलाई देख्दाको दृश्य पंक्तिकारलाई निकै मर्मस्पर्शी लाग्यो। उनको चोर औंला समाएर हिँडिरहेको हुन्थ्यो, उनको छोरा।

उनी जब ग्राहकसँग मोलमोलाइ गर्न थाल्थिन्, तब छोरालाई उनी केही पर दूरीमा खेल्न पठाउँथिन्। ती निर्दोष छोरालाई के थाहा, आफ्नी आमाको पेसा र बाध्यताबारे। तर, आफू जस्तोसुकै पेसामा रहे पनि उनको मातृवात्सल्य अनुकरणीय थियो। अहिले केही वर्षयतादेखि ती महिला पहिले उनी घुमफिर गर्ने क्षेत्रमा देखा पर्न छाडेकी छन्।

वीर अस्पतालअगाडिको आकासे पुलमा पहिलोपटक मैले साक्षात्कार गरेको यौनकर्मी महिला पनि आफ्नी सानी छोरी लिएर ग्राहकको खोजीमा निस्केको पटकपटक देखियो। भर्खरै टुकुटुकु हिँड्ने छोरी थिइन्, उनको साथमा। ती छोरीको खुट्टामा चाइँचाइँ चुइँचुइँ आवाज आउने जुत्ता थियो।

रत्‍न पार्कभित्र केन्द्रित

पहिले वीर अस्पतालअगाडि र सुन्धारा यौनकर्मी महिलाहरूको अखडा थियो। पछि दुवै ठाउँबाट उनीहरूलाई धपाइयो। त्यसपछि उनीहरू रत्नपार्कभित्र केन्द्रित भए। वीर अस्पतालअगाडि वा सुन्धारामा ग्राहकको खोजीमा निस्केका यौनकर्मी महिलाहरू प्रशस्तै भए पनि रत्नपार्कभित्रको परिसरमा पनि यौनकर्मी महिला भेटिन्थे। वीर अस्पतालअगाडि र सुन्धाराबाट धपाइएपछि सबै रत्नपार्कभित्र केन्द्रित भए।

विगत एक महिनादेखि रत्नपार्क सबैका लागि बन्द गरिएको छ। रत्नपार्क पुनर्निर्माण हँुदैछ। त्यसैले अहिले खुलामञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटी जाने सब वेसम्मको क्षेत्र यौनकर्मीहरूले ग्राहक कुर्ने वा यौनकर्मी पाइने क्षेत्र बनेको छ। खासगरी दिउँसो ३ बजेदेखि उनीहरूको बाक्लो जमघट हुन्छ। कतिपय यौनकर्मी खोज्दै जाने भेटिन्छन् भने कतिपय रमिता हेर्न जाने।

रेस्टुराँभरि यौनकर्मी

राजधानीको यौनबजार नियाल्ने क्रममा पंक्तिकार यस्तो एउटा ठाउँमा पुग्यो, जहाँ यौनकर्मीको बजार लाग्थ्यो। दरबारमार्गको एउटा रेस्टुराँ थियो, जसको नाम थियो, ट्वान्टी फोर आवर। महेन्द्र सालिकको ठीक अगाडि तत्कालीन होटल उडल्यान्डसँग जोडिएको त्यो रेस्टुराँ दिनभरि बन्द हुन्थ्यो र रातभरि चलेर बिहान ५ बजे बन्द गरिन्थ्यो।

त्यहाँ कहिलेकाहीँ त पुरुषभन्दा महिलाको संख्या बढी देखिन्थ्यो। रेस्टुराँ पूरै यौनबजार। त्यहाँबाट मोलमोलाइ गरेपछि बाहिर निस्कन्थे, यौनकर्मी र ग्राहक। तेस्रो लिंगीहरू पनि प्रशस्त आउँथे।

एक दिन त्यहाँ एउटा घटना भयो। एकजना सानीसानी लाग्ने यौनकर्मी रिसाउँदै, कसैलाई सराप्दै र आवश्यक परे कारबाही गर्ने भन्दै आइपुगिन्। भन्दै थिइन्, 'मैले चिनेको एउटा सई छ, उसलाई भनेर पक्राइदिन्छु सालालाई।'

'के भयो?', उनकी साथीले सोधिन्।

'म नांगै थिएँ, मेरो छातीको फोटो पो मोबाइलबाट खिच्न खोज्दो रहेछ', उनले आफ्नी साथीलाई भनिन्, आक्रोशित भावमा।

कान थापेर सुन्दा के पत्ता लाग्यो भने ती महिलाले एक भारतीय ग्राहक फेला पारिछन्। एक हजार भारुमा कुरा मिलेछ। दुवैबीच यौनसम्बन्ध भएछ। त्यसपछि ती ग्राहकले आफ्नो मोबाइलबाट नग्न अवस्थामा ती महिलाको फोटो खिच्न खोजेछ। महिलालाई रिस उठेछ। झोकिएर भन्दै थिइन्, 'ल फोटो त खिच्ने रे, नांगो छाती भएको फोटो खिच्न म किन दिने? सालाले एक पोज खिच्न भ्याइहाल्यो।'

त्यही रेस्टुराँमा ग्राहक खोज्दै आएकी एक महिलालाई देखेँ, कतै देखेको वा चिनेजस्तो। देब्रे पाखुरामा बिच्छीको ट्याटु खोपेकी रहिछन्, त्यहीमात्रै परिवर्तन देखेँ, अरू जम्मै उस्तै। उनलाई सोधेँ, 'तिम्रो घर धरान हो?'

उनले भनिन्, 'हो।'

'तिमी ... दाइको घरमा बसेकी थियौ हो?'
फेरि जवाफ आयो, 'हो।'

ती महिला त म बसेको धरानको सैनिक भवन चोकको घरमा केही साता खाना पकाउन बसेकी थिइन्। म त्यो घरमा पेइङ गेस्ट थिएँ। त्यसपछि घरवाला दाइकी भान्जीको जुत्ता चोरेर भागेकी थिइन्। उनलाई त काठमाडौंको यौनबजारमा आफ्नो शरीर बेच्न ग्राहक खोजी गरिरहेको अवस्थामा पो भेटियो।

तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता लिएपछि त्यो ट्वान्टी फोर आवर रेस्टुराँ बन्द भयो। त्यसपछि त्यो यौनबजार स:यो, दरबारमार्गमा रोकिने ट्याक्सीहरूमा। यौनकर्मी ट्याक्सीभित्र बस्ने, ग्राहकसँग ट्याक्सीभित्रै मोलमोलाई गर्ने, त्यसपछि कुरा मिले रेस्टुराँ र लजतिर जाने। अहिले दरबारमार्ग क्षेत्रमा सपिङ मलहरू चल्तीमा आएपछि ट्याक्सीको ठाउँमा निजी गाडी पार्किङ हुन्छ।

तेस्रो लिंगीले झुक्याएछन्

काठमाडौंको यौनबजारमा सोह्र शृंगारमा आउँछन् ग्राहक खोजी गर्ने तेस्रो लिंगीहरू। पहिले उनीहरूको केन्द्र थियो, ठमेल। अहिले रत्नपार्क केन्द्रित भएका छन्। एक साँझ सहकर्मी मित्र बालकुमार नेपालसँग रमिता हेर्न ठमेल पुगियो। त्यहाँ एउटा अनौठो दृश्य देखियो। तेस्रो लिंगीहरू भागिरहेका थिए, एकजना व्यक्तिचाहिँ हेल्मेट लिएर उनीहरूलाई खेदिरहेका। अचम्म परियो। ती व्यक्ति तेस्रो लिंगीप्रति आक्रोश पोखिरहेका थिए। भन्दैथिए, 'झुक्याउने?'

कुरा के परेछ भने ती व्यक्ति महिला यौनकर्मी ठानेर तेस्रो लिंगीको पछि लागेछन्। यौनसम्पर्क गर्ने बेलामा फरक लिंग फेला पर्‍यो। त्यसपछि आक्रोशित भएका रहेछन्। 


Posted via Blogaway

Comments

Popular posts from this blog

A Report from ESPN about barca vs man city

Lionel Messi and Daniel Alves punished 10-man Manchester City in the first leg of the Champions League last-16 tie at the Etihad Stadium. Four-time World Player of the Year Messi struck from the penalty spot with 54 minutes gone after being brought down by Martin Demichelis , who was sent off. • Tomas : Barca midfield in control at City City had their chances but Barcelona dominated possession throughout and were rewarded when Alves struck the second in the last minute. City had set up well in an attempt to soak up Barcelona pressure and catch them on the break but the task proved beyond them after Messi punished a mistake early in the second half. The Argentinian raced away and, although replays suggested contact by Demichelis may have been just outside the box, a straight red card was brandished and the penalty awarded . The hosts kept on pressing but they failed to make the most of their opportunities and they were picked off again as t...

Ballon d'Award 2013

Madrid and Portugal forward Cristiano Ronaldo has won the FIFA Ballon d'Or following a stellar year for club and country. Ronaldo scored an incredible 69 goals for Real and Portugal throughout 2013, and has been rewarded ahead of Lionel Messi and Franck Ribery at Monday's awards ceremony in Zurich. The former Manchester United man was last recognised as the best player on the planet when he was awarded the now-defunct FIFA World Player of the Year in 2008. Since then, Ronaldo has played second fiddle to Messi, with the Barcelona star winning the final World Player of the Year prize in 2009 before then reeling off three straight Ballons d'Or after FIFA and  France Football  merged their awards in 2010. Messi had to settle for second place on the podium this time around, however, while Bayern Munich winger Ribery finished third. Ronaldo becomes the first player since compatriot Luis Figo in 2000 to collect the Ballon d'Or despite not winning a major trophy in the cal...

Daina One Direction

One Direction Diana is a single from their new album "Midnight Memories". "Diana" is an uptempo song. [Liam] The front pages are your pictures, They make you look so small, How could someone not miss you at all? (Oh-ah-oh) [Harry] I never would mistreat ya, Oh I’m not a criminal, I speak a different language but I still hear your call. [All] Diana, Let me be the one to light a fire inside those eyes, You've been lonely, you don't even know me, But I can feel you crying, Diana, Let me be the one to lift your heart up and save your life, I don’t think you even realize baby you’d be saving mine. Diana [Niall] It’s only been four months but, You’ve fallen down so far, How could someone mislead you at all? (Oh-ah-oh) [Louis] I wanna reach out for you, I wanna break these walls, I speak a different language but I still hear you call. [All] Diana, Let me be the one to light a fire inside those eyes, You've been lonely, you d...