फेरी नरमाइलो लाग्न थाल्यो।
भबिष्य को पीर
वर्तमान को हालत
भुत को हविगत
सवै थोक मेरो विरूद्द किन?
अरुको सफलतामा ईष्या किन?
आफ्नो हालत देखेर हिनताबोध किन?
प्रयत्न थियो त तेरो?
होला गल्ती भाकै।
म मान्छु यो वर्ष मैले भुल गरेकै हो।
पर्खाई थियो केहि कुरा को
धेरै पर्खाइ पछि थाहा भयो,
कि के को पर्खाई?
हो मैले समयलाई मारेकै
र यो पनि थाहा छ कि
समयले अव मार्ने छ मलाई
ब्यर्थता रह्यो
अब रोएर पनि भएन
कराएर पनि भएन।
बेला बेला झक्झकिन्छु
सोच्न बाध्य बनाउँछ।
तर के सोच्ने?
उफ फेरी अल्मलाईदिन्छ।
अगाडि का अघि नै गए
सँगै का ले छाडे
पछाडि का ले भेट्टाए।
तर म कहाँ छु
कस्तो अबस्था मा छु
अब त म को हुँ????????
यहि नै पीडा हुन थाल्यो मलाई
Posted via Blogaway
Comments
Post a Comment