जिन्दगीमा घरबारी र जंगलभन्दा परको सन्सार देख्न
नपाउनुभएकी हजुरआँबैले छोडेर जानुभएको पनि चार वर्ष
भैसक्यो । कतै टाढा हिंड्ने बेला तिनै ‘कुवाको भ्यागुतो’
जस्तो जिन्दगी कटाउनुभएकी हजुरआँबैको झलझली याद
आउँछ । दुनियाँ देख्न नपाएपनि उहाँसँग कति धेरै अनुभव,
जुक्तिबुद्धि र बल थियो ।....
सास फेर्ने फुर्सद निकाल्न समेत नभ्याउनेगरी आँबै
भान्सामा काम गरिरहँदा हामी काम
नभएका केटाकेटी पिर्का ठटाउँदै कराउँथ्यौं–आँबै भात् ।
एउटा कथा सुन है त भन्दै आँबै काम गर्दै भन्नुहुन्थ्यो–ए
कादेशमा दिदी भाइ थिए रे । भाइले दिदीलाई भन्यो रे–
दिदी भोक लाग्यो । दिदीले भनिन्–पख बा खोरिया फाँडौं ।
दिदीले खोरिया फाँडेर धान छरी, गोडमेल गरी, काटी, झारी,
सुकाई, कुटाई, निफोनी, भात पकाई भनेर सुनाउँदासम्म आँबैले
हामीलाई थालमा भात पस्किसक्नुहुन्थ्यो।।।।।।।
कति छिटो भात खान पाइयो भन्दै हामी मख्ख पथ्र्यौं....
Posted via Blogaway
Comments
Post a Comment