पहिला पहिला
सानो छँदा त धेरै धनी थीए म पनी!
के कमि थियो र तेति बेला!!
कागजकै भए पनि आफ्नै प्लेन थियो !!
काठको गाडि थीयो !!
गोजि भरी पैसा हुन्थ्यो चकलेटको खोलको!!
पेप्सीको बिर्कोको चानचुने पैसा त झन
कति हो कति
दौडिदा पनि खल्ति समातेर दौडिनु
पर्ने झर्छ कि भनेर!
अहिले त सारै गरिब भैयो!
त्यो पैसा र गाडि कता गए कता!!
थुइक्क जिन्दगी बरु फेरि सानै हुनु
पाएनी हुन्थ्यो!!
Comments
Post a Comment